पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समृद्धि र विकास काँग्रेसले मात्र गर्छः प्रधानमन्त्री देउवा 

भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । 

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद छनौट गर्न मतदातालाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएको र संविधान कार्यान्वयनका लागि काँग्रेसको  नेतृत्व आवश्यक रहेको बताउनुभयो । 

आजै कञ्चनपुरको झलारी र भीमदत्तनगरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीबाट लोकतान्त्रिक शक्ति विजयी हुने बताउनुभयो ।