पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली टोलीद्वारा अभ्यासको थालनी

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ साफ अण्डर १५ महिला फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीले अभ्यासको थालनी गरेको छ ।

पहिलो चरणमा छनोटका लागि बोलाईएका ४७ जनामध्ये अहिले प्रशिक्षणमा २४ जना मात्र खेलाडी आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रशिक्षक नेपाली सेनाको सैनिक तालिम तथा प्रशिक्षण केन्द्र ललितपुरमा भईरहेको छ । चाँडै अन्तिम २० जना खेलाडीको छनोट गरिने एन्फाले जनाएको छ ।

टोलीको प्रमूख प्रशिक्षक गङ्गा गुरुङ्ग र सहायक प्रशिक्षक पारस चौधरी रहेका छन् ।

आउँदो डिसेम्बर महिनाको १७ तारिखदेखि शुरु हुने प्रतियोगिताको पहिलो दिन नै नेपालले बंगलादेशसग खेल्ने छ ।

साफले गत बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले  दोस्रो खेल भारतसँग डिसेम्बर १९ मा र तेस्रो तथा अन्तिम खेल भुटानसग डिसेम्बर २१ तारिखमा खेल्ने छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र भारतको अण्डर १५ महिला टोलीको सहभागिता रहेको छ ।

यीमध्ये २ शीर्ष राष्ट्रले डिसेम्बर २४ तारिखमा हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।