पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फाल्गुनन्द गोल्डकप फुटबल पुस ७ देखि शुरु हुने

पाँचथर । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आउँदो पुस ७ गतेदेखि शुरु हुने भएको छ ।

राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा प्रत्यक वर्ष आयोजित प्रतियोगिताको यस १६ औँ संस्करणमा केही ए डिभिजनका क्लबसहित जम्मा १० ओटा क्लबको सहभागिता रहने आयोजक फिदिम स्पोट्रिङ्ग क्लबले शनिबार जनाएको छ ।

पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक फिदिम स्पोट्रिङ्ग क्लबसहित सशस्त्र प्रहरीको ए पि एफ क्लब, हिमालयन शेर्पा क्लब, ब्वाईज युनियन क्लब, बिर्ता युनाईटेड झापा, मोरङ्ग ११, सुनसरी ११, रुपन्देहि ११ र सिक्किम युनाईटेड फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरु पाँचथरको फिदिममा खेलाईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ३ लाख र दोस्रो हुने क्लबले २ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित हुने एक जना खेलाडीले १० हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरी प्रतियोगिता समापन हुँदा उत्कृष्ठ गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनहि १० हजार रुपैँया प्रदान गरिने छ ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ठ घोषित एक जना खेलाडीलाई एउटा मोटरसाईकल प्रदान गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।