पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हुम्लामा स्थानीय कृषि प्रर्दशनी सम्पन्न

हुम्ला । कृषि विकास कार्यालय हुम्लाको आयोजनामा स्थानीय कृषि उत्पादन  प्रर्दशनी  तथा खाद्य परिकार तथा  महोत्सवको आयोजना सम्पन्न गरेको छ ।

दोश्रो पटक  हुम्लामा स्थानीय बालीका विभिन्न परिकारहरुको प्रचार प्रसार र खाद्यान्नको महत्वलाई लिएर अग्रानीक खाद्यन्न भन्दै स्थानीय परिकारको महोत्सव आयोजना गरेको हो । 

स्थानीय खाद्यान्न महोत्सवमा स्थानीय स्तरमा उत्पादित विभिन्न बालीहरुका ९ वटा परिकारहरुको प्रदर्शनी गरिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चन्द्र प्रसाद सिराले बताउनुभयो ।