पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिकोट जिल्लामा मतपेटिका राखिएको कोठामा बाम गठबन्धनको ताला

radionepal

रत्न कार्की / रेडियो नेपाल 
कालिकोट ।
     पहिलो चरणमा  निर्वाचन सम्पन्न भएको कालिकोट  जिल्लामा  मतपेटि राखिएको जिल्ला अदालत कालिकोटको  कोठाको ढोकामा दलहरुले  आफ्नो ताला लगाएका छन । उनिहरुले सरकार  लोगतान्त्रिक गठबन्धनको रहेको बोला सत्ताको बलमा मतपेटि तलमाथि हुन सक्ने आसंकामा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको  कालिकोट जिल्ला अदालतको मत पेटि राखिएको कोठमा आफ्नो ताला समेत लगाएका छन ।  अहीले मत पेटि जम्मा पारि राखिएको कोठामा दुई पक्षिय ताला र लाहाशिल गरिएको छ ।  निर्वाचन आयोगले २१ गते हुने दोस्रो चरणको निर्वाचन सम्पन्न नहुन्जेल सम्म मतगणना  नगर्ने भने पछि बाम गठबन्धनले मतपेटि लाई प्रहरी संगै आफ्नो युवाहरुलाई पनि डिउटीदिन लगाएको छ । हाल माओबादीकेन्द्रले आफ्ना पुर्व लडाकु नरेश शाही र जग फडेराको नेतृत्वमा एक दर्जन युवाहरु रातदिन डिउटिमा खटाएको छ । कालिकोट जिल्लामा ६४ हजार ९ सय ६१ मतदाता रहेकोमा  निर्वाचनमा ४२ हजार ८ सय ४० जनाले मतदान गरेका छन । कालिकोटमा बिभिन्न निर्वाचन बिरोधि गतिबिधि गर्ने  समुहरुको गतिबिधिका बावजुद पनि ६५ प्रतिशद मत खसेको र कुनै अप्रीय घटना नभएर निर्वाचन सम्पन्न हुनुमा सरकार, सुरक्षा निकाय  सफल भएको कालिकोटका मुख्य निर्वाचन अधिकृत न्यायधिस कृष्ण मुरारी सिवाकोटिले जानकारि दिनु भयो । मतदानमा र मतगणना प्रति बिश्वशनीय जोगाउन पुन दुई पक्षिय ताला लगाउन सहमति दिएको समेत जिल्ला अदालत कालिकोटका श्रेश्तेदार सोभाकर पराजुलीले जानकारि दिनु भयो ।