पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय विकास मन्त्रालयद्वारा मोबाइल एप्स सार्वजनिक

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मोबाइल एप्लिेकेसन मार्फत् स्थानीय विकासको सम्पूर्ण जानकारी लिन सकिने मोबाइल एप्स आज सार्वजनिक गरेको छ ।

एप्सको प्रयोगबाट ७५३ वटै स्थानीय निकायको विवरण र सीमांकन समेत थाहा पाउन सकिन्छ । 

एप्सको आरम्भ गर्दै संघीय मामिल तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय निकायको जनप्रतिनिधिहरुको सम्पूर्ण विवरण र भौगोलिक सीमा समेतलाई नक्सामा छुट्टयाएर देख्न र हेर्न सकिने बताउनुभयो । 

प्रत्येक वडादेखि महानगरपालिकाको छुट्टाछुट्टै वेभसाइट समेत हेर्न सकिने पनि उहाँले बताउनुभयो ।