पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको अग्रणी भुमिकाः राष्ट्रपति 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको अग्रणी भुमिका रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आजदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु भएको नेपाल चेम्बर एक्स्पो २०१७ को उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले ६६ वर्ष अगाडि स्थापना भएको नेपाल चेम्बर अफ कमर्श शोषणरहित श्रम क्षेत्रको निर्माण गर्न र व्यापार घाटा न्यूनीकरण गर्न महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले युवा जनशक्तिको विदेश पलायन रोक्न नेपालमै कसरी श्रमको अधिकतम उपयोग गर्न सकिन्छ भन्नेमा सोच्नुपर्नेे बताउनुभयो ।

नेपाल चेम्बर एक्स्पोेमा २२५ वटा स्टल रहेका छन् । ती मध्ये ९० वटामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीहरुको सहभागिताको रहेको छ ।

एक्स्पोमा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चिन, कोरिया र जापान लगायतका मुलुकमा उत्पादित सामग्रीहरु  राखिएका छन् । एक्स्पो मंसीर १८ गतेसम्म चल्ने छ ।