पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मदन भण्डारी स्मृति गोल्डकप फुटबल पुष १५ देखि शुरु हुने

सुनसरी । मदन भण्डारी स्मृति ईटहरी गोल्डकप फुटबल प्रतियोगिता आउँदो पुश १५ गते देखि शुरु हुने भएको छ ।

प्रतियोगिताका खेलहरु ईटहरी रङ्गशालामा खलाईने आयोजक राष्ट्रिय जागृति युवा क्लबद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति युवा क्लबसहित मनाङ्ग मस्र्याङदि क्लब, थ्री स्टार क्लब, झापा ११, मोरङ्ग ११, बंगलादेशको मिरपुर क्लब, भुटान फुटबल क्लब, युनाईटेड सिक्किम फुटबल क्लब र भारतको जर्ज टेलिर्गाफ फुटबल क्लब कोलकताको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले ११ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडिलाई २५ हजार रुपैँया र एउटा ३२ ईन्चको टेलिभिजन पुरस्कार दिईने छ ।

व्यक्तिगत प्रत्येक विधाका उत्कृष्ठ खेलाडिलाई जनहि २० हजार रुपैँया प्रदान गरिने छ भने एक जना उदयमान उत्कृष्ठ खेलाडिलाई एउटा २४ इन्चको टेलिभिजन पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, प्रत्यक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैँया प्रदान गरिने छ ।