पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ई पि एल टि २० क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ई पि एल टि २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकद्वारा बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार आउँदो पुष ३ गतेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेल काठमाडौं किङ्गस् एल्याभेन र ललितपुर पेट्रिएटस्बीच हुनेछ ।

प्रतियोगितामा काठमाडौं किङ्गस् एल्याभेन, ललितपुर पेट्रिएटस्, चितवन टाईगर्स, पोखरा राईनोज, विराटनगर वारियर्स र भरहवा ग्लायडियटर्स गरी ६ वटा टोलीको सहभागिता रहेको छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका सबै खेलहरु त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछन् ।

पहिलो प्लेअफमा विजेता हुने टोली फाईनलमा प्रवेश गर्ने छ ।

पराजित हुने टोलीले फाईनल प्रवेशका लागि तेस्रो र चौथोबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नु पर्ने छ ।

फाईनल खेल पुष १५ गते हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छ ।