पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धनकुटामा ४ अर्ब ३५ करोडको तरकारी विक्री

धनकुटा । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा ४ अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ ।

सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

धनकुटामा अघिल्लो वर्षको तुलनामा करिब ३० करोड बढीको तरकारी उत्पादन बिक्री भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरत विडारीले जानकारी दिनुभयो ।

धनकुटामा उत्पादित तरकारी सुनसरीको धरान, मोरङको विराटनगर, झापाको विभिन्न बजार तथा भारतमा लगेर समेत बिक्री गरिँदै आएको छ ।