पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्षयरोगी ४४ हजार, १२ हजार सम्पर्क बाहिर

भक्तपुर । नेपालमा ४४ हजार क्षयरोगी छन् । तीमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

टिबीका बिरामीको अवस्था पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिए पनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता छाती विशेषज्ञ डा. नवीनप्रकाश शाहले जानकारी दिनुभयो ।