पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रीमतीलाई स्वतन्त्रता दिन बाबुले गरे ६ वर्षे छोराको हत्या

जुम्ला, ७ मंसिर २०७४ । यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । 

२० वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो । 

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उहाँले बताउनुभयो । 

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।