Please Wait...

राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगिताको सूचना

 रेडियो नेपालको वार्षिकोत्सवमा आयोजना हुने राष्ट्रव्यापी 
                     आधुनिक सङ्गीत प्रतियोगिता २०७४

रेडियो नेपालको ६८ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय खुला आधुनिक संगीत प्रतियोगीता रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार तथा सातै प्रदेशमा आयोजना हुने भएकोले इच्छुक गायक गायिकाहरुले आबेदन दिन हुन यो सूचना प्रसारित गरिएको छ ।

प्रदेश स्तरमा हुने प्रतियोगीताहरु :- 
प्रदेश नम्बर १. रेडियो नेपाल धरान प्रसारण केन्द्र, २०७४ फागुन २८ गते
प्रदेश नम्बर २, रेडियो नेपाल २ नं प्रदेश प्रसारण कार्यालय बर्दिबास, २०७४ फागुन ३० गते
प्रदेश नम्बर ३, रेडियो नेपाल भैंसेपाटी प्रसारण केन्द्र, २०७४ चैत २ गते
प्रदेश नम्बर ४ रेडियो नेपाल ४ नं. प्रदेश प्रसारण कार्यालय पोखरा, २०७४ चैत ४ गते
प्रदेश नम्बर ५, रेडियो नेपाल ५ न. प्रदेश प्रसारण कार्यालय दाङ, २०७४ चैत १० गते
प्रदेश नम्बर ६, रेडियो नेपाल ६ न. प्रदेश प्रसारण कार्यालय, सुर्खेत, २०७४ चैत ८ गते
प्रदेश नम्बर ७, रेडियो नेपाल ७ न. प्रदेश प्रसारण कार्यालय,  दिपायल, २०७४ चैत ६ गते

प्रदेश स्तरबाट प्रथम, द्वितीय तथा तृतीय हुनेहरुलाई २०७४ चैत्र १८ गते सिंहदरबार, काठमाडौँमा हुने अन्तिम चरणको प्रतियोगितामा सामेल गराइने छ । 

आबेदन फारम पाइने स्थान : रेडियो नेपालको धरान, बर्दिवास, भैँसेपाटी, पोखरा, दाङ, सुर्खेत र दीपायल कार्यालयहरु । साथै www. radionepal.gov.np बाट डाउनलोड गर्न पनि सकिने छ ।

प्रतियोगितामा सहभागी हुने गायक गायिकाहरुले आबेदनका साथमा आफूले गाउने गीतको प्रतिलिपि बुझाउनु पर्ने छ । केन्द्रीय प्रतियोगिताका साथै  प्रदेश स्तरको प्रतियोगितामा सहभागी कलाकारहरू मध्ये प्रथम द्वितीय र तृतीय हुने कलाकारहरुलाई स्वर्ण, रजत तथा काश्य पदक तथा प्रमाण पत्र प्रदान गरिने छ  । एउटा प्रदेशमा सहभागी कलाकारले अर्को प्रदेशमा हुने प्रतियोगितामा सहभागी हुन पाइने छैन ।

आवेदन बुझाउने स्थानहरू
प्रदेश नं. १ – धरान ०२५ ५२०८७५        
प्रदेश नं. २ – वर्दिवास ०४४ ५५०००८
प्रदेश नं. ३ – भैंसेपाटी  ०१ ५५९०३५०     
प्रदेश नं. ४ – पोखरा ०६१ ५२०४५७
प्रदेश नं. ५ – दाङ  ०८२–४००१७९
प्रदेश नं. ६ – सुर्खेत ०८३ ५२०५३८        
प्रदेश नं. ७ – दीपायल ०९४ ४४००१८

फर्म बुझाउने अन्तिम मिति : २०७४ फागुन २५ गते सम्म ।

आउनुहोस – यो भव्य तथा ऐतिहासिक राष्ट्रिय सांगीतिक प्रतियोगितामा सहभागी हुनुहोस् र  नेपाली संगीतको क्षेत्रमा आफ्नो भविष्य उज्ज्वल बनाउनु होस् ।

                            आवेदन फारम डाउनलोड गर्नुहोस् ।