८७ भूकम्प प्रतिरोधी घर समुदायलाई हस्तान्तरण

0

काभ्रे, ५ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका पिपलटारमा निर्माण भएका ८७ भूकम्प प्रतिरोधी घर आज समुदायलाई हस्तान्तरण गरिएको छ ।

पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुखले स्थानीय वेदबहादुर दनुवार र रानुकी दनुवारलाई संयुक्त रूपमा घर हस्तान्तरण गर्नुभयो ।

‘ह्याबिटयाट फर ह्युम्यानिटी’ नेपालको प्राविधिक तथा आर्थिक सहयोग र फर सस्टेनेबल डेभलपमेन्ट नेपालको साझेदारीमा निर्माण भएको एउटा घरको लागत आठ लाख रुपैयाँ रहेको छ ।

विसं २०७२ भदौ ३ गते सुरु भएको घर निर्माणको कार्य विसं २०७३ चैतमा सम्पन्न भएको थियो ।

Leave A Reply