हुलाक सेवालाई प्रभावकारी बनाइन्छः सञ्चारमन्त्री

0

काठमाडौं, ६ फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले हुलाक सेवालाई विशेष भूमिकासहित थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

निर्वाचन आयोगको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोगले प्रकाशन गरेको नेपालको संविधान अंकित दश रुपैयाँको टिकटमा प्रथम टाँचा लगाउँदै सञ्चारमन्त्री कार्कीले गाँउगाँउमा भएका हुलाक केन्द्रलाई सामूदायिक सूचना केन्द्रको रुपमा विकास गरिने बताउनु भयो ।

सूचना तथा सञ्चारमन्त्री कार्कीले मतदातालाई आफ्नो मतको अधिकारका बारेमा सचेत गराउन सकयिो भने निर्वाचन आयोगप्रतिको विश्वास अझ बढ्ने उल्लेख गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले छोटो समयमा तीन तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्न आयोग तयार रहेको र त्यसका लागि सरकारले २÷३ दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply