हवाइ इन्धनको मूल्य घट्यो

0

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटाएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर ९९ रुपैया हुनेछ ।

हिजै रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटेकाले निगमले सो निर्णय गरेको हो ।

Leave A Reply