स्वास्थ्य मन्त्रीद्वारा अपरेसन थिएटरको उद्घाटन

0

भक्तपुर, ६ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गर्नुभएको छ ।

थिएटरको उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुविधा सम्पन्न बनाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले सरकारी अस्पताललाई सुदृढ र सेवा विस्तार गर्दै नागरिकलाई उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको बताउनु भयो ।
कानुनले अब मष्तिस्क मृत्यु भएका व्यक्तिबाट सातवटा अङ्गदान दिन तथा लिन मिल्ने व्यवस्था भइसकेको मन्त्री थापाले बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरु समेटिएको दुईवटा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको स्थापनाले केन्द्र प्राविधिक रुपमा आत्मनिर्भर भएको बताउनुभयो ।

डा. श्रेष्ठले यसबाट केन्द्रलाई कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई अझै सहज बनाउन र निरन्तरता दिन हौसला मिलेको बताउनुभयो ।

Leave A Reply