सुरक्षा कारबाहीमा ९१ तालिवान मारिए

0

अफगानिस्तान, ७ जेठ २०७३। अफगानिस्तानभरी अफगान सैनिक र प्रहरीले बुधबार बिहानबाट तालिवान आतङ्ककारीविरुद्ध सुरु गरिएको कारबाहीको क्रममा ९१ जना तालिवान लडाकू मारिएका छन् ।

गत २४ घण्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतङ्ककारी मारिनुको साथै अन्य ७० जना घाइते भएका र २२ जना पक्राउ परेका अफगानिस्तानको गृहमन्त्रालद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी बुधबार र बिहीबार गरिएको कारबाहीमा ती तालिवान मारिएका घाइते भएका र पक्राउ परेका हुन् ।

अफगान सुरक्षाबलले अफगानिस्तानको कुनार, नान्गार्हार, लाघमान, वार्दाक गजनी, कान्दाहार, उरुज्गान, हेरात, बाघलान, बाल्ख जावजान, समानगन, कुन्दुज, तखार र हेलमान्ड प्रान्तमा कारबाही जारी राखेको सो विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको तालिवान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छ्रैनन् । यस कारबाहीको क्रममा पाँच सैनिकले समेत ज्यान गुमाएका पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अफगानिस्तानका विभिन्न भूभागमा पछिल्लो समयमा संयुक्त सुरक्षा बलले यस्तो कारबाही जारी राखेका छन् । जारी कारबाहीमा परी दिनहूँजसो तालिवान मारिने गरेका छन् ।

Leave A Reply