सीमावर्ती बैंकहरूद्वारा भारतीय रुपियाँको सटही सुरु

0

काठमाडौं, २८ कार्तिक । नेपालको सीमावर्ती क्षेत्रका व्यापारी तथा सर्वसाधारणसँग रहेका ५०० र १००० दरका भारतीय रुपियाँको सटही भारतका सिमावर्ती बैंकहरुले गर्न थालेका छन् ।

नेपालीहरुसँग रहेको ५०० र १००० दरको भारतीय रुपैया रक्सौलस्थित बैंकले दैनिक रुपमा खातामा जम्मा गर्ने तथा सटही गर्ने गरेकाले रक्सौल बैंकमा वीरगञ्जलगायत भारतमा खाता हुने हजारौं नेपालीहरुको भिड लागेको सेन्ट्रल बैंक अफ इण्डिया, रक्सौल शाखाका सहायक प्रबन्धक शम्भु थापाले बताउनुभयो ।

भारतको रक्सौलमा रहेका सटही काउण्टरहरुले समेत १०० भारुलाई तोकिएकोभन्दा तीस रुपियाँले कम अर्थात १३० नेपाली रुपैयाँ मात्र दिएर साट्ने गरेको र त्यसबाट नेपालीहरु ठूलो मर्कामा परेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष ओम प्रकाश शर्माले बताउनुभएको वीरगञ्जस्थित हाम्रा संवाद्दाता ध्रुव अधिकारीले जनाएका छन् ।

Leave A Reply