सीमामा पर्खाल लगाउने प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार

0

मेक्सिको, १३ माघ । मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नु देश अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बुधबार बताउनुभएको छ ।

उहाँले “कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन” भन्नुभएको छ । अमेरिकाले पर्खाल बनाउने निर्णयको खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो वक्तव्यमा उहाँले भन्नुभएको छ ।

मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने निर्णयमा अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार बिहानै हस्ताक्षर गर्नुभएपछि प्रतिक्रियास्वरुप मेक्सिकोका राष्ट्रपतिको यो वक्तव्य आएको हो ।

मेक्सिकोे पर्खालमा विश्वास गर्दैन, यो अति नै भएको र मेक्सिकोले कुनै प्रकारको पर्खालका लागि सहयोग नगर्ने उहाँले आफनु व्यक्तव्यमा भन्नुभएको छ ।

Leave A Reply