सीपमूलक तालिमपछि मुक्तकमैया स्वरोजगार बन्दै

0

कैलाली, ३ पुस २०७३। मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् ।

आर्थिक वर्ष २०५२/५३ देखि २०७२/७३ सम्म ४ हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा २ हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिनुभयो ।सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन, पेन्टिङ्, वाइरिङ, मोटरसाइकल तथा साइकलमर्मत लगायत ३९ शीर्षकमा तालिम दिइएको थियो ।

चालु आर्थिक वर्षमा पनि ४५ मुक्त कमैयालाई यस्ता तालिम दिन रु १४ लाख विनियोजन भएको भूमिसधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताए ।

तालिम लिएकामध्ये ७० प्रतिशतले सीपको उपयोग गरी आर्यआर्जनमा लागेकाले उनीहरुको आर्थिकस्तर सुधार भएको छ ।

Leave A Reply