सर्वदलीय बैठकमा निर्वाचन घोषणाको स्वागत

0

काठमाडौं, ११ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक, स्थानीय निकाय निर्वाचन लगायतका विषयमा छलफल गर्न आव्हान गर्नु भएको सर्वदलीय बैठकमा सबै दलले सरकारले निर्वाचन गरेको घोषणाको प्रशंसा गरेका छन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डलले निर्वाचनमा आम सहमतिका लागि आजदेखि अन्य प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
आवाज…..
बैठकपछि बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन घोषणामा सबैको सहमति रहेकोले संविधान संशोधन प्रस्तावलाई टुंग्याउन प्रमुख प्रतिपक्षी दल पनि सकारात्मक हुने बताउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले ९ दलले संविधान संशोधन प्रस्तावमा अडान कायमै राखेको बताउनुभयो ।
आवाज…..
त्यसैगरी राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन घोषणा स्वागतयोग्य भन्दै अन्य काम तीव्रताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।
आवाज…..
मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अब छिटो सहमतिमा संविधान संशोधन गरी निर्वाचनको वातावरण बनउनुपर्ने बताउनुभयो ।

Leave A Reply