सरकार संचालनमा विमति भएपनी राष्ट्रिय मुद्धामा सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्ने उप प्रधानमन्त्री गच्छदारको धाणा

0

विराटनगर, १९ वैशाख

उपप्रधान एंव भौतिक पुर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले सरकार संचालनमा विमति  भएपनी राष्ट्रिय मुद्धामा सत्तापक्ष र प्रतिपक्ष  एक भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा हिजोसांझ संचारकर्मीसंग कुरागर्दै उपप्रधानमन्त्री गच्छदारले, संविधानको प्राभावकारी कार्यान्वयन, कानुन भूकम्पपछिको पुनःनिर्माणका लागि सबैदल मिलेर अघि वढनुपर्ने बताउनुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री गच्छदारले, संविधान सवैदलको साझा दस्तावेज भएकाले संसद नियमावली बनाउन सवैदलको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहांले निषेधको राजनीतिले कसैलाई फाईदा नहुने बताउुभयो ।

Leave A Reply