सफल कार्यान्वयनका लागि सबै सकारात्मक हुनुपर्छः नेता नेपाल

0

नेपालगन्ज, ११ असोज । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको सफल कार्यान्वयनका लागि सबै पक्ष सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।

सो दलद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि हुने राजनीतिक सहमतिबाट आप्mनो दल पछि नहट्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता नेपालले ‘संविधानका विषयमा केही विमति छन् भने सहमतिबाट टुङ्ग्याउनुको विकल्प छैन, त्यसैले दलीय स्वार्थभन्दा माथि उठेर राजनीतिक दल सहमतिमा आउनु पर्छ’ भन्नुभयो ।

मधेसका मुद्दालाई सबैले साझा मुद्दा बनाउनुपर्नेमा जोड दिँदै उहाँले एकाध दलको राजनीतिक स्वार्थमा मधेसलाई अल्मल्याउनु गलत हो, यो कार्य आफ्नो दललाई कदापि स्वीकार्य हुँदैन भन्नुभयो ।

नेता नेपालले अबको राजनीतिक मुद्दा मुलुकको आर्थिक समृद्धि र विकासतर्पm उन्मुख हुनुपर्ने बताउँदै राजनीतिलाई भुँमरीमा फसाइरहने कार्यले यो मुद्दा ओझेलमा पर्ने भएकाले स्थिर राजनीतिको ढोका खोल्नु अहिलेको आवश्यकता छ भन्नुभयो ।

Leave A Reply