संसदबाट पासहुन बाँकी बजेटसंग सम्वन्धीत विधेयकहरु छिट्टै पासहुने –अर्थमन्त्री महरा

0

काठमाडौ, १५ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसंग सम्वन्धीत संसदबाट पासहुन बाँकी विधेयकहरु छिट्टै पासहुने बताउनु भएको छ ।

अर्थमन्त्रालयमा मंगलबार पत्रकारहरुसं कुराकानी गर्दै अर्थमन्त्री महराले चालु आर्थिक वर्षको विनियोजन विधेयक पास भइसकेपछि तात्कालिन सरकारसंग अविश्वास पैदा भएकाकारण आर्थिक विधेयक पास हनुनसकेको र अव राजनीतिक सहमतिकै आधारमा विधेयक पासहुने जानकारी दिनुभयो ।

महत्वपूर्ण विषय छुट भएको भएमात्र विधेयकमा सामान्य परिवर्तन गरिने उपप्रधानमन्त्री महराले प्रष्ट गर्नुभयो ।

उपप्रधानमन्त्री महराले पुजीगत खर्च प्रभावकारी बनाउन, राजश्व एवं भन्सार प्रशासनालई आधुनिकीकरण बनाउन र भूकम्प पछिको पुन निर्माणलाई गतिदिन सरकार प्रतिवद्धरहेको पनि बताउनुभयो ।

Leave A Reply