संविधान कार्यान्वयनमा सवैलाई मिलाएर लैजानुपर्ने सभापति देउवा भनाई

0

मेलम्ची, ८ फागुन

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले हिजो खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।

सभापति देउवाले भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको बताउनुभयो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एकअर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तिनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताउनुभयो ।

इातायात मन्त्री लेखकले नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताउनुभयो ।

Leave A Reply