संबिधान संशोधन मार्पmत मधेश केन्द्रित दलको माग पूरा हुने – देउवा

0

काठमाडौँ, १ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान संशोधन मार्पmत तराई मधेश केन्द्रित दलको माग पूरा हुने बताउनु भएको छ ।

इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा हिजो काठमाडौमा आयोजित कार्यक्रममा उहाँले असन्तुष्ट दलका माग वार्ता र छलफलबाट समाधान हुने बताउनु भएको हो ।

उहाँले सबै दलको प्रयासबाट संविधान कार्यान्वयन गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले १६ महिनाभित्र तीन वटै निकायको निर्वाचन नगरे संविधान धरापमा पर्ने बताउँदै संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

Leave A Reply