शिवाकोटीको नयाँ कृति ‘नेपाल भारतको चक्रब्यूहमा’ वजारमा

0

काठमाडौँ, १० साउन २०७३। प्रा. डा. गोपाल शिवाकोटीको नयाँ कृति ‘नेपाल भारतको चक्रब्यूहमा’ पैरवी प्रकाशनद्वारा बजारमा आएको छ ।

२३ अध्यायमा विभाजित सो कृतिमा नेपाल विखण्डनको खतरामा, भारतद्वारा नेपालको संविधान निर्माणमा हस्तक्षेप, बाह्रबुँदेमा भारतीय स्वार्थ, कम्युनिस्टको प्रभाव कम गर्ने रणनीतिका रुपमा मधेस आन्दोलन, कालापानी र लिपुलेकमाथि भारतीय अतिक्रमण, नाकाबन्दीमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, १९५० को नेपाल र भारतसँगको असमान सन्धि, भारतसँग भएका असमान सन्धि सझौताजस्ता विषयमा चर्चा गरिएको छ ।
उहाँका राजनीति, समाजशास्त्र, परराष्ट्रनीति, शब्दकोष र सार्वजनिक प्रशासनसँग सम्बन्धित ४० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । तीमध्ये अधिकांश पुस्तक स्नातकोत्तर तहको पाठ्यक्रमसँग सम्बन्धित छन् ।

प्रा. डा. शिवाकोटीका ‘नेपाल चीन सम्बन्ध’, ‘नेपाल सम्पदा कोष’, ‘थारू पहिचान’ , ‘किराँत पहिचान’ र ‘नेपाली सम्पदा कोष’ शीर्षक कृति प्रकाशोन्मुख छन् ।

Leave A Reply