शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्नुपर्छः मन्त्री पौडेल

0

काठमाडाँै, ६ फागुन । शिक्षामन्त्री धनीराम पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्ने बताउनुभएको छ ।

उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)को राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले उच्च शिक्षा अध्ययन गर्न विदेशमा विद्यार्थी गरिहेकाले हाम्रो शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको मन जित्नुपर्ने बताउनुभयो ।

उहाँले उच्च शिक्षाका समस्यालाई सम्बोधन गर्ने गरि शिक्षा नियमावली ल्याउन लागेको जानकारी गराउनुभयो ।

Leave A Reply