‘विपद् पत्रकारिता’ सार्वजनिक

0

काठमाडौँ, ६ फागुन । चार वरिष्ठ सञ्चारकर्मीको संयुक्त लेखनमा ‘विपद् पत्रकारिता’ सम्बन्धी पुस्तक प्रकाशनमा आएको छ ।

आमसञ्चार विषयका प्रा.रामकृष्ण रेग्मी, पत्रकार श्रीरामसिंह बस्नेत, बद्री तिवारी र विष्णुप्रसाद शर्मा पराजुलीले लेख्नुभएको पुस्तक राष्ट्रिय सञ्चार विकास केन्द्रले प्रकाशनमा ल्याएको हो ।

पुस्तकको आज नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन डारेन ह्वाइट र सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

विमोचनका अवसरमा राजदूत ह्वाइटले प्राकृतिक विपद् संवेदनशील विषय भएकाले पत्रकारले रचनात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने आँैल्याउँदै प्राकृतिक विपद्बारे समुदाय स्तरमा अभिमुखीकरण गर्न आफ्नो देशले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

विभागका महानिर्देशक वीरबहादुर राईले विपद् सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउन विभाग ‘विपद् सञ्चार रणनीति’ बनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
विभागका अध्यक्ष वीर बहादुर राईले विपद् सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउन विभाग ‘विपद् सञ्चार रणनीति’ बनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले भौगोलिक परिवेशका कारण नेपालका लागि विपद् पत्रकारिता आवश्यक रहेकाले पुस्तक सान्दर्भिक हुने बताउनुभयो ।

Leave A Reply