विनियोजन गरिएको रकम बाहेक हालसम्म एकसय पचास अर्ब रुपियाँ नयाँ माग आएको

0

काठमाडौँ, २२ पुस । चालू आर्थिक वर्षको बजेटमा विनियोजन गरिएको रकम बाहेक हालसम्म लगभग एकसय पचास अर्ब रुपियाँ नयाँ माग आएको अर्थ मन्त्रालयले जनाएको छ ।

बिहिबार रेडियो नेपालसँग कुरागर्दै अर्थ मन्त्रालयका सहसचिव एवं बजेट महाशाखा प्रमुख मधुकुमार मरासिनीले कतिपय शीर्षकमा काम नभए पनि थप रकम माग भएको र कतिपयमा भने बजेट ल्याउन सके काम देखिने जस्तो गरी नयाँ माग आएको बताउनुभयो ।

सहसचिव मरासिनीले नयाँ रकमको अधिकाँश माग सडक निर्माण र त्यसपछि सिंचाई, खानेपानी लगायतका कामका लागि आएको जानकारी दिनुभयो ।

सहसचिव मरासिनीले काम भएर पूँजीगत खर्च नपुगेमा थप रकम दिन भने अर्थ मन्त्रालय तत्पर रहेको स्पष्ट गर्नुभयो ।

सहसचिव मरासिनीले बजेटका शीर्षक बाहेकका कार्यका लागि भएका नयाँ मागलाई भने आगामी आर्थिक वर्षको वजेट तर्जुमा गर्दा सम्बोधन गरिने बताउनुभयो ।

Leave A Reply