वस्तु अन्तराष्ट्रिय बजारमा लैजान मन्त्रालयको जोडः वाणिज्य मन्त्री

0

काठमाडौं, ७ चैत्र । वाणिज्य मन्त्री रोमी गौचन थकालीले मन्त्रालयले निर्यातजन्य वस्तुहरुको पहिचान गरी त्यसलाई अन्तराष्ट्रिय बजारमा पु¥याउन जोड दिइरहेको बताउनुभएको छ ।

वाणिज्य मन्त्रालयमा आज आयोजीत पत्रकार भेटघाट कार्यक्रममा वाणिज्य मन्त्री थकालीले, नेपाल एकीकृत व्यापार रणनीति २०१६ तथा वाणिज्य नीति २०७२ ले प्रमुख रुपमा निर्याजन्य वस्तुका रुपमा पहिचान गरेका वस्तुहरुको गुणस्तरमा ध्यान दिन सके, ती वस्तुहरुको निर्यात बढाउन सकिने बताउनुभयो ।

मन्त्री थकालीले नेपालको मौलिक पहिचान झल्किने स्थानीय स्रोत साधन र दक्षतामा आधारित तथा परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुने वस्तुहरुको विकास र प्रवद्र्धनबाट विश्व बजारमा त्यस्ता वस्तुहरुको निर्यात बढाउन मन्त्रालयले जोड दिदै आएको उल्लेख गर्नुभयो ।

Leave A Reply