वरिष्ठ कलाकार डंगोलको निधन

0

काठमाडौँ, २ चैत । नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डंगोलको पेटसम्बन्धी रोगले आज ७७ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा अपराह्न निधन भएको छ ।

सुरुमा बयोधा अस्पताल काठमाडौँ र पछि गत शनिबारदेखि क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको थियो ।

उहाँले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहनुभएको थियो ।

Leave A Reply