रेडियो नेपाल प्रदेश स्तरीय संगीत प्रतियोगिता धनगढीमा सम्पन्न

0

धनगढी, ८ चैत्र
रेडियो नेपालको ६७औं बार्षिकोत्सव अवसरमा ७ नम्बर प्रदेश स्तरीय खुला आधुनिक संगीत प्रतियोगिता हिजो धनगढीमा सम्पन्न भएको छ ।
२५ जनाको सहभागिता रहेको प्रतियोगितामा शिशिर साधक पहिलो, कविता चौधरी द्धितिय र अर्जुन बसन्त तृतिय भएको निर्णायक समितिले जनाएको छ ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र वाग्लले प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल प्रतियोगिलाई क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार नगद, प्रमाणपत्र तथा पदक प्रदान गर्नुभयो ।

Leave A Reply