रेडियो नेपालद्वारा आयोजिक आधूनिक संगीत प्रतियोगिता, धरानमा सुनिता लिम्बु प्रथम

0

धरान, १ चैत्र । रेडियो नेपालले आफ्नो ६७ औं बार्षिकोत्सबको अबसरमा प्रदेश नं १ को धरानमा आयोजना गरेको आधुनिक संगीत प्रतियोगितामा सुनिता लिम्बु प्रथम हुनुभएको छ भने रबिन न्यौपाने द्धितिय र जीबन राई तृतिय हुनुभएको छ ।

प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने गायक गायीकालाई रेडियो नेपालका कार्यकारी निर्देशक शुरेस कुमार कार्कीले आज धरानमा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई पदक सहित दश हजार रुपैया ,द्धितिय हुनेलाई रजत पदक सहित सात हजार पांचसय रुपैया र तृतिय हुनेलाई पदक सहित पांच हजार रुपैया नगद प्रदान गरिएको छ ।

यस अघि आज बिहान आधुनिक संगीत प्रतियोगिताको उद्घाटन समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले रेडियो नेपालले हरेक बर्ष यस्ता गीत संगीतका कार्यक्रम संचालन गरी लुकेका प्रतिभाहरुलाई उजागर गर्ने कार्य गर्दे आएको बताउनु भयो ।

कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाल आफ्नो दायित्व निर्बाह गर्न कहिल्यै पछि नपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश नम्बर १ स्तरीय आधुनिक संगीत प्रतियोगीतामा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट ४४ जना कलाकारहरु सहभागी हुनुभएको थियो ।

Leave A Reply