रुस्लान टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गर्न नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब सफल

0

काठमाडौँ, ४ माघ
नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब राजधानीमा जारी रुस्लान टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गर्न सफल भएका छन् ।
त्रीभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो सेमिफाईनलमा नेपाल पुलिस क्लबले न्यु हराईजन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
यस पहिलो खेलको प्लेएर अफ दि म्याच नेपाल पुलिस क्लबका लागि ३ विकेट लिन सफल दिपेन्द्र सिंह अ‍ैरी घोषित भएका थिए ।
कीर्तिपुरमा सोमबार नै भएको दोस्रो सेमिफाईनलमा नेपाल आर्मी क्लबले शुदुर पश्चिम क्रिकेट एकेडमिलाई ७० रनले पराजित गरेको थियो ।
यस दोस्रो खेलको प्लेएर अफ दि म्याच नेपाल आर्मी क्लबका लागि ५२ बलमा ७५ रनको योगदान गरेका सागर पुन घोषित भएका थिए ।

Leave A Reply