रुपन्देहीको धकधई क्षेत्रमा कुस्ती प्रतियोगिता हुने भएको

0

रुपन्देही, ११ मङ्सिर । रुपन्देहीको धकधई क्षेत्रमा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ । लोपोन्मुख हुँदै गइरहेको कुस्ती खेलको संरक्षण गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक बजरंग समितिका अध्यक्ष जय प्रकाश धवलले जानकारी दिनु भयो ।

मंसिर २६ देखि २९ गतेसम्म कुस्ती सञ्चालन हुने प्रतियोगिता खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशका पहलवानहरको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगीतामा २ सय २६ जना पहलवानले भाग लिनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेले मोटरसाइकल पाउनेछन् भने प्रथम पुरस्कार ५० हजार १ सय, द्वितीय पुरस्कार एलसिडी टि.भी छ ।

Leave A Reply