राष्ट्रसंघीय कार्यकारी प्रमुखहरुद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

0

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास संगठनका कार्यकारी प्रमुखहरूले संयुक्त रूपमा भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरूबीच समसामयिक राजनीतिक परिस्थिति र संयुक्त राष्ट्र संघको संलग्नतामा निर्माणाधीन विकास आयोजनाका बारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण, नवनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि संयुक्त राष्ट्र सङ्घको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।

Leave A Reply