राप्रपाको प्रदर्शन, वरिष्ठ नेता राणा घाइते

0

काठमाडौँ, ७ चैत । विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् ।

निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको थियो ।

समान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएको भन्दै मा दुःख व्यक्त गर्नुभयो ।

Leave A Reply