युवा स्वरोजगार कोष संचालक समितिको बैठकले नमूना व्यवसाय तथा पुर्नकर्जा कार्यक्रम अघि बढाउने निर्णय

0

काठमाडौँ, २ फागुन । अर्थमन्त्रालय अन्र्तगतको युवा स्वरोजगार कोष संचालक समितिको आइतवार बसेको बैठकले एक स्थानीय निकाय एक नमूना व्यवसाय तथा पुर्नकर्जा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम संचालनका लागि सूचना प्रकाशित गरी विभिन्न निकायहरुसंग प्रस्ताव माग गर्ने निर्णय गरेको कोषले जनाएको छ ।

कोषले हालसम्म ४२ हजार युवाहरुलाई स्वरोजगार बनाएको छ भने यस आर्थिक बर्षमा थप भएको कार्यकम्र सहित ५० हजारलाई स्वरोजगार बनाउने कार्यक्रम रहेको तथा कोषको संरचना विस्तारका लागि आवश्यक पर्ने ओएनएम सर्भेको काम गरिरहेको पनि जनाएको छ ।

Leave A Reply