म्यानमारमा केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध

0
म्यानमार, १ वैशाख । म्यानमार सरकारले यहाँको केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको समाचार छ । यहाँको म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो ।
हाल म्यानमारमा वैदेशिक लगानीका क्षेत्रमा केही वृद्धि भएको बताइएको छ । यसै क्रममा वैदेशिक लगानीको क्षेत्रमा हुनुपर्ने सुधारका क्रममा सुरक्षा, हातहतियार, राष्ट्रिय हुलाक टिकट, हवाई टिकट, वनजन्य वा वन पैदावरको प्रयोग हुने खालका उद्योग, रेडियसनसँग सम्बधित विषय, विद्युतीय शक्तिसँग सम्बन्धित केही वस्तु उत्पादनमा रोक लगाएको छ ।
यी क्षेत्रमा म्यानमारले वैदेशिक लगानी गर्न नदिने गरी नियमावली बनाएको म्यानमारको केन्द्रीय लगानी बोर्डले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।
स्वच्छ पानीमा हुर्काउन सकिने मत्स्यपालन, विभिन्न सेवा क्षेत्र र पत्रपत्रिका प्रकाशनको कार्य पनि केही सीमित प्रतिशतमात्र उत्पादन गर्न दिने गरी कानुन बनाएको बताइएको छ ।
म्यानमारमा सन् २०१६ मा मात्र करिब ७० लाख अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको थियो । त्यस आर्थिक वर्षमा म्यानमारमा विश्वका विभिन्न देशका करिब १३५ कम्पनी र फर्मले लगानी गरेका थिए ।

Leave A Reply