मौरीको संरक्षण नभए मानवजातिको लोप

0

काठमाडौँ, २ पुस २०७३। स्थानीय जातका मौरीको अनुसन्धान, प्रवद्र्धन र संरक्षणका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्था इजरायड र कृषि तथा वन विश्वविद्यालय रामपुर, चितवनबीच सम्झौंता भएको छ ।

सम्झौंता पत्रमा इजरायडका प्रमुख बेन दगानी र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले इजरायडको कार्यालय बालुवाटारमा हस्ताक्षर गर्नुभएको थियो ।

स्थानीय जात–एपिस, सेरेना र खिलरहित जातका मौरीबारे अध्ययन अनुसन्धान गरी स्थानीय जनतालाई लाभान्वित पु¥याउन उक्त सम्झौता भएको उपकुलपति ढकालले जानकारी दिनुभयो ।

मौरीको संरक्षणबाट प्रभावकारी परागसेचन कार्यमा थप मद्दत पुग्ने र बोटबिरुवाको उत्पादनमा वृद्धि भई अन्ततः खाद्य सुरक्षाको प्रत्याभूति हुने विश्वास गरिएको छ ।

सम्झौता कार्यक्रममा इजरायडका प्रमुख बेन दगानीले स्थानीयस्तरमा मौरीपालनमा वृद्धि हँुदै जाँदा जैविक विविधताको संरक्षण एवम् वातावरणीय क्षेत्रमा सुद्धता कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

संसारमा पाइने नौ प्रजातीका मौरीमध्ये नेपालमा मात्र चार प्रजातीका मौरी पाइन्छ । नेपालमा हाल १० हजारदेखि १५ हजार जङ्गली (भीर मौरी) को गोला रहेको अनुमान छ ।

विभिन्न अध्ययन अनुसार ३देखि ५ वर्षभित्रमा भिर मौरीका गोला नासिने अवस्था रहेको हुँदा यसले हिमाल, पहाड र तराई क्षेत्रमा भीर मौरी सङ्कटको आशङ्का रहेको देखिएको छ ।

प्रसिद्ध वैज्ञानिक ‘अल्वर्ट आइस्टाइन’ले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको चार वर्षपछि सम्पूर्ण मानवजगत लोपोन्मुख हुनेछ भनी उल्लेख गर्नुभएको छ ।

नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरीपालन सुरु भएको इतिहास छ । यद्यपि २० वर्षसम्म एउटा मौरीपालन नीति नबन्नु महको गुणस्तरीयता मापनका लागि उच्चस्तरीय प्रयोगशाला नभित्राउनुले सरकार मह व्यवसायीप्रति जवाफदेही नभएको व्यवसायी पूर्णप्रसाद पाण्डेले आरोप लगाउनुभयो ।

महका अन्तर्राष्ट्रिय व्यापारी जोन हकले नेपालमा उत्पादन भए सम्मको मह आफूले खरिद गरिदिने आश्वासन दिनुभएको छ । जोन हक नेदरल्यान्ड निवासी हुन् । उहाँले नेपाल सरकारले महको गुणस्तरीयता प्रमाणित गरी दिने हो भने नेपालबाट हजारौँ टन मह आफूले खरिद गर्ने आश्वासन दिनुभयो ।

मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालमा वार्षिक करिब १ हजार ६०० मेट्रिक टन मह उत्पादन हुने गरेको र वार्षिक रु २ अर्बको मह निर्यात हुने गरेका छन् । यो व्यवसायमा १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने उहाँले जानकारी दिनुभयो ।

मौरीपालनबाट करिब ४ हजार घरपरिवार र करिव १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरीपालन केन्द्रीय सकारी सङ्घले जनाएको छ । सङ्घसंग आबद्ध सदस्यले वार्षिक १ हजार मेट्रिक टन मह उत्पादन गर्ने गरेका छन् ।

सरकरले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । मौरी घार तथा मौरी व्यवस्थापनका लागि सरकारले चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाले जनाएको छ ।

नेपाल महमा परनिर्भर छ । भारत, अमेरीका, डेनमार्क र चीनबाट करिव रु ६० करोडको मह आयात भएको मह व्यवसायी धर्मराज श्रेष्ठले बताउनुभयो

नेपालमा मेलीफेरा र केरेना जातको मौरीबाट व्यबसायीक मह उत्पादन कार्य हुदै आएको छ । मेलीफेराका ३५ हजार घार र केरेनाबाट १ लाख २५ हजार गोलोद्धारा मह उत्पादन हन्छ ।

विश्वमा नौँ थरीका मौरीबाट मह उत्पादन गर्न सकिन्छ । त्यस मध्ये नेपालमा मेलीफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुने गरेका छन् ।

सवैभन्दा महँगो मह भीर मौरीको हो । भीर मौरीबाट उत्पादित मह ७ सय देखि १ हजार र मेलीफेराको मह रु ४ सय देखि रु ५ सय सम्म विक्री हुदै आएको छ । नेपालमा मेलीफेरा जातको मौरीको व्यबसायीक उत्पादन हुदै आएको छ ।

विश्वमा सवैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरीका, भारत र चीन पर्दछन् । नेपालमा हाल प्रतिवर्ष २ हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले प्रतिवर्ष २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।

नेपाली मह विश्वमा उत्कृष्ठ मानिन्छ । विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दावी छ । मौरीपालन व्यबसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यबसाय वातावरण मैत्री व्यबसाय हो ।

व्यबसायी अर्जुन प्रसाद पोखरेलका अनुसार प्रागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्थित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ ।

राजाराम कार्की/रासस

Leave A Reply