मोरोक्कोमा निष्पक्ष निर्वाचन भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षक निकायको निष्कर्ष

0

मोरोक्को, २४ असोज २०७३ । मोरोक्कोको राष्ट्रिय निर्वाचन पर्यवेक्षक निकायले गत शुक्रबार सम्पन्न भएको निर्वाचन अत्यन्त स्वतन्त्र र निष्पक्ष रहेको निष्कर्ष निकालेको छ ।

तर ज्यादै कम जनसहभागिता र बिभिन्न मतदान केन्द्रमा भोटको किनबेच भएको तथ्य भने चिन्ताको विषय बनेको छ । उक्त निर्वाचनमा सुधारिएको इस्लामी दलः“इस्लामिस्ट पार्टी अफ जस्टिस एण्ड डेभलपमेन्ट” विजयी भएको छ ।

सो दलले मोरक्कोको राजसंस्थासँग आवद्ध पार्टी द पिजेडिलाई हरायो । केही वर्ष अघि अरबेली राष्ट्रमा चलेको आन्दोलनः अरब स्प्रिङग प्रोटेस्ट पश्चात् सन् २०११ मा द पिजेडि पार्टी पहिलो पटक निर्वाचनमा विजयी भएको थियो ।

अब यो पार्टी अन्य पार्टीसँगको सहकार्यमा मिलिजुली राष्ट्रिय सरकार बनाउन प्रयासरत भएको जनाइएको छ ।

त्यसैगरी, मोरोक्कोको मानवअधिकारसम्बन्धि राष्ट्रिय परिषद्ले पनि निर्वाचनको अनुगमन गरेको थियो ।

परिषद्का अध्यक्ष द्रिस एल याजामिद्वारा प्रकाशित प्रारम्भिक प्रतिवेदनले छिटपुट अनियमिततालाई छाडी निर्वाचन समग्रमा शान्त र पारदर्शीरुपले सम्पन्न भएको उल्लेख गरेको छ ।

कूल मतदाता सङ्ख्याको ४३ प्रतिशत मात्र मतदान गर्न आएकाले निर्वाचनमा ज्यादै कम जनसहभागीता रहेकोमा अध्यक्ष द्रिसले चिन्ता प्रकट गरेका छन् ।

मोरक्कोमा अद्यापि देशको अन्तिम सार्वभौम शक्ति राजसंस्थामै निहित रहेकाले अधिकांश जनताहरु भयका कारण मतदान गर्न नआएका हुन कि भनी केही वुद्धिजीविले अन्दाज लगाएका छन् ।

Leave A Reply