मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ः उपराष्ट्रपति पुन

0

काठमाडौँ, ८ चैत

उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ ।

विश्व मुख स्वास्थ्य दिवस–२०१७ का अवसरमा हिजो नेपाल डेन्टल एसोसिएसनले गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले धेरै रोग लाग्ने प्रमुख द्वार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामीण क्षेत्रसम्म पु¥याउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले शरीर स्वस्थ भएमा दिमाग स्वस्थ हुने हुनाले स्वस्थ व्यक्तिले मात्र देशमा योगदान गर्नसक्ने बताउनुभयो ।

विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवस मनाइएको हो ।

Leave A Reply