मधेसी मोर्चाका दलले पनि दल दर्ता गराए

0

जनकपुर, ८ चैत

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय मधेसी गठबन्धनबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै घुर्की दिँदै आएका मधेसकेन्द्रित दलहरुले पनि जिल्ला निर्वाचन कार्यालय, धनुषामा दल दर्ता गराएका छन् ।

संयुक्त मधेशी मोर्चा सहित संघिय मधेसी गठवन्धनवाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेसकिेन्द्रित दलहरु संघिय समाजवादी फोरम नेपाल तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मेधस सद्भावना पार्टी राष्टिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी मधेसी जनअधिकार फोरम
गणतान्त्रिकलगायत मधेसकेन्द्रित दलहरुले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

निर्वाचन कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक सङ्घीय समाजवादी फोरम नेपालले सबैभन्दा पहिले दल दर्ता गराएपनि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले भने अहिलेसम्म दल दर्ता गराएको छैन ।

तीनलाख ९५ हजारभन्दा बढी मतदाता रहेको धनुषामा अहिलेसम्म ३६ वटा पार्टीले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुुख पुष्पा झाले जानकारी दिनुभयो ।

Leave A Reply