भक्तपुरको बिस्केट जात्रा सम्पन्न

0

भक्तपुर, २ वैशाख । भक्तपुरमा बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज दिउँसो सम्पन्न भएको छ ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने चलनअनुसार आज थिमी बोडे–८ का ४५ वर्षीयका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेर महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा सम्पन्न गर्नुभएको हो ।

विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडाउनुभएको थियो भने यसवर्ष पारिवारिक समस्याका कारण उहाँले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष कायम राख्नुभएको हो ।

Leave A Reply