बेक्जिटको पक्षमा जनमत आए वार्षिक आठ अर्ब भन्सार भार थपिने

0

लन्डन, २६ जेठ २०७३ । बेलायत यूरोपियन यूनियनबाट बाहिरिने (बेक्जिट) को पक्षमा जनमत सङ्ग्रहको नतिजा आए बेलायती निर्यातकर्तामाथि वार्षिक ८ अर्ब २ करोड भन्सार शुल्क बराबरको भार थप हुन जाने विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले बेलायतलाई मङ्गलबार सचेत गराएको छ ।

बेक्जिटको पक्षमा नतिजा आएमा बेलायतले युरोपियन युनियनसँग नयाँ व्यापार सम्झौता गर्नुपर्ने छ । जसका कारण बेलायतले थप भन्सार महशुल तिर्नुपर्ने छ ।

ईयू र सदस्य राष्ट्र समूहका ५८ देशबीच अहिले व्यापार कारोबार निशुल्क गर्ने सम्झौता अनुसार कारोबार गर्दै आएका डब्लूटीओद्वारा जनाइएको छ ।

Leave A Reply