बजेटको तयारीको कार्य तीब्र गतिमा भइरहेको – अर्थ मन्त्रालय

0

काठमाडौ, १ जेठ । आगामी आर्थिक वर्षको बजेटको तयारीको कार्य तीब्र गतिमा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट तयारीका सम्बन्धमा अर्थ मन्त्रालयमा शुक्रबार रेडियो नेपालसँग कुरागर्दै अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मुकुन्द पौडेलले आगामी दुई तीनदिन भित्र आगामी बजेटको पहिलो मस्यौदा तयार हुने जानकारी दिनुभयो ।

व्यवस्थापिका संसद्ले पारित गरेको सरकारका नीति तथा कार्यक्रम र अर्थमन्त्रीले व्यवस्थापिका संसद्मा प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई आधार बनाएर बजेट तयारी भइरहेको सहसचिव पौडेलले बताउनुभयो ।

मुलुकको आर्थिक रुपान्तरण गर्ने गरी आर्थिक बृद्धिलाई तीब्रता दिनेतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने सहसचिव पौडेलले स्पष्ट गर्नुभयो ।

सहसचिव पौडेलले छिटो प्रतिफल दिने आयोजनाहरुको कार्यान्वयनलाई तीब्रता दिने र उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नेतर्फ आगामी बजेट लक्षित हुने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेट मुलुकलाई केही दिने, सबैले अपनत्व लिने र जिम्मेवारी महसूस गर्नेगरी बजेट आउने पनि सहसचिव पौडेलले बताउनुभयो ।

चितवनको गीतानगरस्थित गाई स्रोत केन्द्रले उन्नत नश्लका गाईका बाच्छी उत्पादन गर्न थालेपछि उन्नत नश्लका गाई र बाच्छीको माग बढ्न थालेको छ ।

जिल्लामा बाच्छी ३० हजारदेखि ४० हजार र माउ गाई ५० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्ममा बिक्री हुन थालेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, हाल गाई स्रोत केन्द्रमा ४६ जिल्लाबाट गाई र बाच्छीहरुको माग आएको छ ।

Leave A Reply