बंगलादेश सयौँ टेस्ट क्रिकेट जित्ने चौथो राष्ट्र

0

श्रीलंका, ७ चैत २०७३ । अन्तराष्ट्रिय खेलमा बंगलादेशले आफ्नो एक सयौँ टेस्ट क्रिकेट जित्न सफल भएको छ ।

श्रीलङ्काको कोलम्बोमा भएको खेलमा बंगलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गरेको थियो ।

बंगलादेशले ३ टेस्टको श्रीङ्कखलामा १÷१ को बराबरी गर्न पनि सफल भएको थियो ।
टेस्टको अन्तिम दिन श्रीलङ्काले दिएको १ सय १९ रनको विजयी लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा पुरा गरेको थियो ।

अष्ट्रेलिया, पाकिस्तान र वेस्ट ईन्डिज पछि बंगलादेश आफ्नो सयौँ टेस्ट क्रिकेट जित्ने चौथो राष्ट्र पनि बनेको छ ।

– परेश सापकोटा

Leave A Reply