फ्रन्सको दक्षिणी शहर निसमा भएको अतंकवादी हमलाको नेपालद्वारा निन्दा

0

काठमाडौँ, १ साउन । नेपालले फ्रन्सको दक्षिणी शहर निसमा विहिवार भएको अतंकवादी हमलाको निन्दा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले आ आफ्ना फ्रान्सेली समकक्षी राष्ट्रपति फ्रास्वा ओलान्ड, प्रधानमन्त्री मान्युयनल भल तथा विदेशमामिला र अन्तराष्ट्रिय विकासमन्त्री जँ मार्क आरौलाइ हिजो छुट्टाछुट्टै शोक सन्देस पठाई फ्रान्सको यस दुःखपूर्ण घटनामा नेपाली जनता र सरकारका तर्फबाट समवेदना र एक्यवद्धता व्यक्त गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी फ्रान्सको दक्षिणी शहर नीसमा राष्ट्रिय दिवस मनाइरहेका सयौ फ्रान्सेलीको भीडमा आतंककारीले चलाएको ट्रकको ठक्करबाट ८४ जनाको मृत्यु भएको घटनालाई मानवता विरुद्धका आतंककारी घटनाको सज्ञा दिदै नेपाली कांग्रेसले भत्सना गरेको छ ।

सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा आतंकवाद सदाका लागि अन्त्य गरिनु पर्दछ र घटनामा परी निधन भएका सवैप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भनिएका छ ।

Leave A Reply